नयाँदिल्ली,(एजेन्सी)
एसियाकै सबैभन्दा महँगो कलाकार तथा भारतिय फिल्म सुपरस्टार रजनीकान्तले आइतवार आफु राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका छन्। अधिकांश तमिल फिल्ममा अभिनय गर्ने ६७ वर्षिय रजनीकान्तले आगामी भारतिय राज्य सभा चुनाव हुनुभन्दा अघि आफ्नै पार्टी खोल्ने बताएका छन्।
साथै उनले तमिलनाडु राज्यमा राजनीतिक प्रणाली नै परिवर्तन गर्ने आफ्नो कर्तव्य भएको बताएका छन्। गत वर्ष मुख्यमन्त्री जयललिथा जयारामको निधन भए यता तमिलनाडु राज्यको राजनीतिक अवस्था अस्थिर रहँदै आएको छ। जयललिथा आफै पनि एक अभिनेत्री थिइन्।
आइतवार दक्षिण भारतिय शहर चेन्नाइ मा समर्थकहरुले भरिएको हलमा आफ्नो लक्ष राज्य सभाको सम्पुर्ण २ सय ३४ सिटका लागि प्रतिस्पर्धा गर्नु रहेको बताएक छन्। उनले भनेकाछन् , ‘ यदि मैले अहिल्यै यो निर्णय गरिन भने अपराधत्रबोधले मलाइृ सताइरहने छ। मैले पैसा वा लोकप्रियताका लागि राजनीति गर्न लागेको होइन्। ति सबैचिज मसंग अहिले नै प्रशस्त मात्रामा छ। ‘ रजनीकान्तले सो घोषणा गर्ने वित्तिकै त्यहाँ उपस्थित उनका समर्थकहरुले खुशीले चिच्यिाउँदै नाच्दै आतिशवाजी गरेका थिए।
उनले राजनीती तर्फ कदम चाल्ने संकेत दिएयता धेरैले ढिलोचाँडो उनी औपचारिक रुपमा राजनीतिमा प्रवेश गर्ने विश्वास लिएका थिए। गत मे महिनामा उनले आफु भ्रष्ट राजनीतिक प्रणाली र कुहेको प्रजातन्त्र विरुद्ध सहि समयमा युद्ध छेड्ने आफ्ना प्रशंसकहरुलाई बताएक थिए। त्तिवेला नै उनले भनेका थिए , ‘ भगवानले चाहेको खण्डमा म भोलि नै राजनीतिमा प्रवेश गर्दछुँ। यदि मैले त्यसो गरेको खण्डमा म सत्यता अडिग रहने छुँ र मैले भ्रष्ट मानिसहरुलाई कुनै छुट दिने छैन।
सन् २०१६ को डिसेम्वरमा जयललिथाको निधन भएपछि सत्तारुढ अल इन्डिया अन्ना द«विडा मुन्नेट्रा काजाघाम पार्टी अथाएत एआइएडिएमके टुक्रिन पुगेको थियो। आफ्नो जन्मथलो तमिलनाडु राज्यमा ‘ दि सुपरस्टार ’ को उपनामले चिरपरिचित उनी सन् १९७३ मा अभिनय गर्ने उद्देश्यले चिन्नाइ पुग्नु अघि दक्षिणी भारतिय शहर बैंग्लोरमा बस कन्डक्टर थिए।
उनी ७ करोड भन्दा बढि जनसंख्या भएके तमिलनाडु राज्यलाई निकै माया गर्छन्। रजनीकान्तको वास्तविक नाम शिवाजी रावो गायक्वाड हो। उनले सन् १९७५ यता करिव २ सय वटा फिल्ममा अभिनय गरिसकेका छन्। ति मध्ये अधिकांश फिल्म बक्स अफिस सेकर्ड तोड्न सफल भएका छन्।
सन् २०१६ मा उनी अभिनित फिल्म कवाडी हेर्न भारतका सम्पुर्ण जनता सिनेमाघरहरुमा ओइरिएका थिए। व्यापारिक कम्पनीहरुले सो फिल्म हेर्न आफ्ना कामदारहरुलाई बिरामी बिदा नै दिएका थिए। सो फिल्म रिलिज हुनु अघि नै त्यसको राइट्स ३ करोड अमेरिकी डलरमा बिक्री भएके थियो।











प्रतिक्रिया