अल्फा सेन्टौरीका ग्रह प्रणालीमा जीवको सम्भावना



वासिंगटन (एजेन्सी)
पृथ्वीबाट सुर्यपछि सबैभन्दा नजिकको तारा अल्फा सेन्टैेरीका ग्रहमा जीव अस्तित्वको सम्भावना रहेको अुनसन्धानले देखाएको छ। यसअघि यो तथ्यलाई ध्यान दिइएको थिएन।

अमेरिकाको येल युनिभर्सिटीका खगोलशास्त्रीहरूले अल्फा सन्टोरी तारा प्रणालीको शुरूदेखि अध्ययन गरि त्यहा जीव वासस्थानका लाथि उपयुक्त ग्रहको खोजका लागि नयाँ तरिका पत्तालगाएका छन्।

यस अध्ययनमा उक्त तारा प्रणालीमा धेरै संख्यामा ठुला ग्रहको उपस्थितिलाई अस्विकार गरिएको छ। जुन यस अघिका अध्ययनमा दावी गरिएको थियो। प्रोफेसर डेबरा फिसले बताए ( ब्रह्माण्डले हामीलाई ग्रहको सबै आकार सानो हुन्छ भन्ने बताएको छ। हाम्रो अध्ययनले त्यसतै प्रकारका ग्रह अल्फा सेन्टोरी ए र बीको वरपर परिक्रमा गरिरहेको हुनसक्छ।

अनुसन्धानकर्ताले अल्फा सेन्टोरी एमा परिक्रमा गरिरहेको ग्रह पृथ्वीको तुलनामा ५० गुणा कम पिण्डको भएको र अल्फा सेन्टोरी बीलाई परिक्रमा गरिरहेको ग्रहको पिण्ड ८ गुणा कम भएको पत्ता लगाएका छन्। यस अध्ययन एस्ट्र्रोनोमिकल जर्नन पत्रिकामा प्रकाशित गरिएको छ।

सन् २०१७ मा उत्तर कोरियाले अन्तरमहाद्विपिय ब्यालिस्टिक क्षेप्यास्त्र पनि प्रक्षेपण गरे। यस क्षेप्यास्त्रको प्रयोगबाट उत्तर कोरियाले आफनो रेन्ज ब्यापक बढाएको छ।

प्रतिक्रिया दिनुहोस्