फिलिपिन्समा डुङ्गा दुर्घटना, दुई सय ५१ यात्रु हराए !



मनिला । फिलिपिन्समा करिब दुई सय ५१ यात्रु सवार एक डुङ्गा दुर्घटनाग्रस्त भएको छ ।

बिहीबार भएको दुर्घटनाग्रस्त डुङ्गामा रहेका दुई सय ५१ यात्रुको अवस्था पत्ता नलागेको सामुद्रिक तटीय सुरक्षा गार्डले जानकारी दिएका छन् ।

उनीहरुले ती यात्रुहरुको अवस्था अझै अज्ञात रहेको र ठूलो सङ्ख्यामा हताहत भएको हुनसक्ने आशङ्का गरिएको बताएका छन् ।

मनिला सहरबाट करिब ७० किलोमिटर पूर्वमा रहेको सामुद्रिक भूभागमासो दुर्घटना भएको जनाइएको छ ।

फिलिपिन्स द्वीपमा खराव मौसमको कारण सो दुर्घटना भएको तटीय सुरक्षा गार्डका प्रवक्ता अरमान्द बलिलोले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

उद्धारको लागि हेलिकोप्टरहरु त्यसतर्फ पठाइएको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । एएफपी

प्रतिक्रिया दिनुहोस्