ट्रम्पलाई सत्ताच्यूत गर्न एफबीआई र म्युलर लागिपरेका छन्ः फोक्स न्युज



वासिङ्टन, (एजेन्सी)
फोक्स न्युजका कार्यक्रम प्रस्तोता जेसी वाट्टर्सले शनिबार एफबीआई र विशेष पार्षद रोबर्ट म्युलर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘सत्ताच्युत’ गर्न लागिपरेका टिप्पणी गरेपछि त्यसलाई लिएर व्यापक प्रतिक्रिया भइरहेको छ।

वाट्टर्स वल्र्ड कार्यक्रमको आफ्नो सेग्मेन्टमा वाट्टर्ससले ट्रम्प क्याम्पियनलाई लिएर म्युलरको अनुसन्धानले कुटिलतापूर्ण छलाङ लगाएको बताएका थिए।
‘उक्त अनुसन्धान राजनीतिक विभाजनको उद्देश्यबाट प्रेरित तथा कराडौं अमेरिकी मतको निरादर गर्नका लागि उनको राष्ट्रपति पद ध्वस्त पार्ने हतियार भएको हामीसँग अहिले प्रमाण हुनसक्छ’, उनले थपे– ‘अब यदि त्यो सही हो भने हामी अमेरिकामा हाम्रै हातबाट सत्तापलट भएको देख्नेछौं।’

सत्ताच्युतको परिभाषा ‘आकस्मिक, हिंसापूर्ण र अवैधानिक रूपमा सरकारबाट शक्ति हत्याउनु भन्ने हो र जुन अमेरिकामा हुन गइरहेको छ भन्ने वाट्टर्सको विश्वास छ। सोही कार्यक्रममा एफबीआई एजेन्टलाई माइकेल मुरसँग तुलना गरेका वाट्टर्सले ह्वाइट हाउसका सल्लाहकार केलीयानी कोनवेलाई उक्त सोमा अमेरिकामा तख्ता पलट हुन सक्छ, भन्ने प्रश्न राखेका थिए। ‘स्थिति शुरूदेखि नै डोनाल्ड ट्रम्पका विरुद्ध थियो र तिनीहरू हिलारी समर्थक हुन्।’ –कोनवेले जवाफमा बताएका थिए। तिनीहरू वस्तुगत वा पारदर्शी वा निष्पक्ष हुने कुनै सम्भावना नभएको उनले बताए।

रुसी छानबिनमा संलग्न पूर्व एफबीआई अनुसन्धानकर्ता पिटर स्ट्रजोकले फोनमार्फत केही टेक्स्ट मेसेज आएपछि ट्रम्पविरुद्ध तख्ता पलटको विषयमा छलफल शुरू भएको हो। गत मंगलबार सार्वजनिक भएको उक्त मेसेजमा ट्रम्पलाई ‘पखाल्नुपर्ने’, ‘बेबकुफ मूर्ख’ र ‘विभत्स मानव’ उल्लेख गरेका थिए।

स्ट्रजोक र एफबीआई वकिल लिसा पेजबीच करिब ३ सय ७५ वटा टेक्स्ट साटासाट भएको थियो। उक्त मेसेजलाई एफबीआईमा विभाजन रहेको देखाएको अनुदारवादीले विश्वास गरेका छन्।

वाट्टर्ससले आफ्नो उक्त टिप्पणीलाई लिएर नकारात्मक प्रतिक्रियाहरू प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्