पितामाथि आक्रमण गरेको आरोपमा सराह पलिनका छोरा हिरासतमा



वासिङटन, (एजेन्सी)
पूर्वरिपब्लिकन उपराष्ट्रपति उम्मेदवार सराह पलिनका छोरालाई उनका पितासँग भएको झगडाको मामिलामा आक्रमण तथा तोडफोड गरेको आरोपमा पक्राउ गरेको छ। उनले झगडामा गोलीसमेत चलाएको बताइएको छ।

ट्रयाक पलिनमाथि शनिबार राति अलस्कास्थित उनका मातापिताको घरमा झ्यालबाट छिरेर तोडफोड मच्चाएको आरोप लगाइएको प्रहरीले जानकारी दिएको छ। २८ वर्षीय पलिनले आफूले दुखाइको औषधी लिइरहेको र रक्सी पनि पिएको बताएको अमेरिकी सञ्चार माध्यमले जनाएको छ। यसअघि उनलाई सन् २०१६ मा पे्रमिकालाई मुक्का हानेको आरोपमा पक्राउ गरिएको थियो। प्रहरीलाई दिएको उजुरीमा पलिन दम्पत्तीले प्रहरीलाई राति फोन गरी आफ्नो छोराले केही औषधी लिएको र अराजक बनेको आरोप लगाइएको एलए टाइम्स अखबारले जनाएको छ।

उक्त घटनाको छानविन गरिरहेका एक अधिकारीले पूर्वअलास्काका गभर्नर उनीहरूको घरमा दुखित देखिएकी थिइन्। पलिन आवासमा प्रहरी पुग्दा उनीहरूको ट्रयाक पलिनसँग मुठभडको स्थिति रहेको र उनी घरवरपर घुमिरहेको र यस क्रममा उनी ग्यारेजको छतमा पुगेका थिए। उनले प्रहरीलाई हतियार बिसाउन र आफूहरूलाई पनि ‘किसान’ भनेको उनीहरले बताए।

आफ्ना मातापिताको घरमा एउटा गाडी लिन आएका पलिनले आफ्नो पितालाई पिट्ने चेतावनी दिएपछि उनीबीच झगडा भएको प्रहरीले बताए। पलिनका पति टोड पलिनले उनको छोरा आएपछि आफूले एउटा पिस्तोल आफूसँग राखेको तर पछि आफू निशस्त्र बनेको र रक्ताम्य भएको प्रहरीलाई बयान दिएका थिए।

प्रहरीले ट्रयाक पलिनलाई पहिलो डिग्रीको लुटपात, चौथो दर्जाको आक्रमण र आपराधिक दुव्र्यवहार गरेको आरोप लगाउँदै प्रहरी हिरासतमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्