‘चीनसंग पनि उत्तर कोरियाको युद्धको खतरा’



बेइजिंग,(एजेन्सी)
चाँडै नै संयुक्त राज्य अमेरिका मात्र नभई चीन आफै पनि उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनसंग डरलाग्दो युद्धमा फस्नुपर्ने खतरा धेरै नै रहेको चीनका केहि प्रतिष्ठित राष्ट्रिय सुरक्षा विशेषत्रहरूले राजधानी बेइजिंगमा आयोजित एक सम्मेलनमा जानकारी दिएका छन्।

बेइजिंग स्थित रेन्मिन युनिभर्सिटी अफ चाइना को अमेरिकी अध्ययन केन्द«का निर्देशक तथा कुटनीतिक मामिला सम्बन्धी चिनिया राज्य परिषदका लागि सन् २०११ को फेब्रअरीदेखि सल्लाहकार रहेका सि यिन्होंगले उक्त सम्मेलनमा सो विचार व्यक्त गरेका हुन्।,

‘ उत्तर कोरिया टाइम बम हो। हामीले विस्फोटलाई ढिलो मात्र पार्न सक्छौ तर त्यो पड्किन पनि सक्छ। ’ उनको यस भनाइलाई दि साउथ चाइना मर्निंगपोस्टले शनिवार जनाएको छ। चीनको महत्वुपुर्ण सैनिक क्षेत्र नान्जिंग सैनिक क्षेत्रका पुर्व उप कमान्डर वांग होंगगुआंगले पनि चाँडोमा मार्च देखि नै युद्ध शुरू हुने बताएका छन्।

सो महिनामा अमेरिका र दक्षिण कोरियाबिचको वार्षिक संयुक्त सैनिक अभ्यास हुने भएकाले सो अवधि निकै खतरानाक हुने उनले बताएका छन्। उक्त सम्मेलनमा वांगले उत्तर पुर्वी चीनले युद्धका लागि प्रतिरक्षा अभ्यास शुरू गर्नुपर्ने राय सुझाव दिएका छन्।

विवादास्पद आणविक कधार्यक्रमको कारण विशवका अन्य नेताहरूसंग उत्तर कोरियाको सम्बन्ध चिसिएकोबेला चीनका अधिकारीहरूले भने प्योंगयांगसंग सम्बन्ध सुधार्न खोजिरहेका छन्। तर चिनका स्थानिय सरकारहरूले यदि उत्तरसंगको कुटनीतिक प्रयास असफल भएको खण्डमा हुनसक्ने संभावित युद्धका लागि तयारी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्