भान्जी मार्नेलाई ४६ वर्ष कैद



सिडनी, (एजेन्सी)
आफ्नी २५ वर्षीया चिनियाँ भान्जीलाई यातना दिँदै हत्या गरेको आरोपमा एकजना अस्ट्रेलियाली पुरुषलाई शुक्रबार ४६ वर्ष लामो कारवास सजाय सुनाइएको छ। डेरेक ब्यार्रेट नामक ती व्यक्तिले मेंग्मेइ लेंग नामक ती युवतीलाई नाङ्गै डोरीले बाँधेर तस्वीरहरु खिचिसकेपछि छुरा प्रहार गरी हत्या गरेको जनाइएको छ।

न्यायाधीशले यस अपराध अरूलाई पीडा दिएर रमाइलो मान्ने खालको देखिएको बताएका छन्। ती २९ वर्षीय नाम नखुलाइएका पुरुषले नशाको सुरमा हत्या गरेकाले आफ्नो कार्यको राम्रो सम्झना नभएको न्यायाधीशसमक्ष बयान दिएका थिए।

उनलाई सन् २०१६ को अप्रिलमा सो अपराध गरेको अभियोग लगाइएको हो। अस्ट्रेलियाली टेलिभिजन एबीसीले अदालती सूत्रलाई उद्धृत गर्दै अपराध निकै भयावह र हिंस्रक भएको जनाएको छ। वकिलहरुले ती व्यक्तिको पीडितमाथि यौन दुराशय रहेको दाबी गरेका छन्।

गत वर्षको २४ अप्रिलमा उनले न्यु साउथ वेल्सको स्न्यापर प्वाइन्टको जलीय क्षेत्रमा लाश फ्याँकेका थिए। युनिभर्सिटीमा अध्ययनरत लेंग सिडनीमा आफ्नी माइजु र मामा ब्यार्रेटसँग बस्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्