विमानमा अभिनेत्रीमाथि यौन दुव्र्यवहार



मुम्बई, (एजेन्सी)
बलिउडका चर्चित अभिनेत्री जाइरा वासिमले दिल्ली र मुम्बईबीचको उडानमा आफूमाथि यौन दुव्र्यवहार भएको गुनासो आइतबार गरेकी छिन्।१७ वर्षीया जाइराले विमानभित्र आफू अर्धनिद्रमा रहेको अवस्थामा एकजना अधवैंशे पुरुषले आफ्नो खुट्टा पटक–पटक आफ्नो घाँटी र ढाडमा तलमाथि गर्दै चलाइरहेको गुनासो गरेकी छिन्।

उनले सो घटनालाई इस्टाग्राममार्फत् सार्वजनिक गरेकी छिन्। साथै उनले अँध्यारोका कारण चाहेर पनि आफूले ती व्यक्तिको दुव्र्यवहारलाई फिल्ममा उतार्न असफल भएको बताएकी छिन्। एयर विस्तरा एयरलाइनले उक्त घटना सम्बन्धमा विस्तृत अनुसन्धान शुरू गरिएको जनाएको छ।

आइतबार बिहान सबेरै आफ्नो इन्स्टाग्राम एकाउन्टमा उनले ती व्यक्तिले आफ्नो काँधमा पनि सुम्सुम्याउँदै आफ्नो खुट्टा ढाड र घाँटीमा तलमाथि गरेको जानकारी पोस्ट गरेकी थिइन्। उनले शुरूमा आफूले विमान हल्लिएको हुनुपर्ने सोचेको र पछि ती पुरुषको खुट्टाको स्पर्शकै कारण आफू बिउँझिएको बताएकी छिन्। जाइराले यदि आफैंले आफूबारे राम्ररी ख्याल राखेन भने चौपट हुने भन्दै सो हवाइ यात्रापछि उनले आफ्नो भिडियो सामाजिक सञ्जालमा राखेकी हुन्। गत वर्ष उनले अभिनय गरेको दँगाल नामक चलचित्रले बलिउडमा थुप्रै पैसा कमाउन सफल भएको थियो।

यसै वर्षको शुरूमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले जाइरालाई अभिनय क्षेत्रमा विशेष प्रतिभा देखाएकोमा नेसनल चाइल्ड अवार्ड फर एक्सेप्सनल अचिभमेन्टबाट सम्मानित गरेका थिए। यसैबीच एयर विस्ताराले ट्विटरमार्फत् उडानको क्रममा आफ्ना कर्मचारीहरूले सो घटनाको जानकारी नपाएको बताउँदै जाइरालाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।

प्रतिक्रिया दिनुहोस्