यौन उत्पीडनपछि हत्या



सिडनी, (एजेन्सी)
२ जना अस्ट्रेलियाली पुरुषलाई १ जना महिलालाई यौन उत्पीडन गरी हत्या गरेको आरोपमा कारावास सजाय भएको छ। सन् २०११ मा न्यु साउथवेलसको समुद्री तटमा क्याम्पिङ गर्ने क्रममा एड्रियन एटवाटर र पाउल म्यारिसले एटवाटरकी पार्टनर लिनेटे ड्यालीलाई आक्रमण गरेका थिए।

तिनीहरूविरुद्ध लामो समयसम्म मुद्दा चलेको थियो। यसका लागि राज्य न्यायालय निकायले क्षमायाचना गरेको छ।

यस मुद्दाले कुनै पनि घटना जातीयताले के कति प्रभावित हुन्छ? भन्ने पनि स्पष्ट पारेको जनाएको छ। अदालतले अत्यन्तै नशाले लठिएकी ड्यालीलाई एटवाटरले हिंस्रक तरिकाले यौन सम्पर्क राखेको र पछि उनको सोही चोटको कारण मृत्यु भएको जनाएको छ।

उत्तरी न्यु साउथवेल्सको टेन माइलबीच नजिकको क्याम्प साइटमा सो घटना घटेको थियो। उक्त आक्रमणपछि एम्बुलेन्स बोलाइए तापनि एम्बुलेन्स आइपुग्दासम्म उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भइसकेको थियो। ती दुवै पुरुषले उनको रगत सागरमा बगाएर र उनका लुगा र एउटा म्याट्रेस जलाएर प्रमाण नष्ट गर्न खोजेको प्रहरीले अभियोग लगाएको छ।

इटवाटरलाई शुक्रबार हत्या र हिंस्रक ढंगले यौन सम्बन्ध राखेको अभियोगमा १४ वर्ष र म्यारिसलाई यौन उत्पीडन र हत्याका प्रमाण नष्ट गरेको अभियोगमा ९ वर्ष लामो कारवास सजाय सुनाइएको अदालत सुरत्रले जनाएको छ। तिनीहरूविरुद्ध सन् २०११ मै मुद्दा दायर गरिए पनि पछि मुद्दा फिर्ता लिइएको थियो। गत वर्ष पुनः तिनीहरूविरुद्ध मुद्दा चलाइएको हो।

प्रतिक्रिया दिनुहोस्