‘बलात्कारको समर्थन गर्ने वकिल’



कायरो,(एजेन्सी)
च्यातिएको जिन्स लगाउने महिलाहरूलाई संजायस्वरूप बलात्कार गरिनुपर्ने अभिव्यक्ति दिने इजिप्टका एकजना वकिललाई एक अदालतले तीन वर्ष लामो कारवास संजाय सुनाएको छ।

नाविह अल –वाहस नामक ती कट्टरपन्थी वकिललाई १ हजार १ सय ३० अमेरिकी डलर पनि जरिवाना गरिएको छ। गत अक्टोवरमा देह वयापारी महिलाहरू विरुद्धको कानुनको मस्यौदा बनाउनेबारे सरकारी टेलिभिजनमा भएको एक बहस कार्यक्रममा उनले त्यस्तो प्रतिक्रिया जनाएका थिए। उनले सो कार्यक्रममा भनेका थिए , ‘के शरिरका पछाडीको भाग नाँगै देखाएर सडकमा हिंडिरहेकी कुनै केटी देखदा तपाईंहरूलाई खुशी लाग्छ ? त्यस्ता केटिलाई देख्ना साथ यौन उत्पीडन गरिनु राष्ट्रिय कर्तव्य हुन आउँछ। यसरी अंग प्रदर्शन गरी महिलाहरूले पुरुषहरूलाई यौन दुव्र्यवहार गर्न आमन्त्रण गरिरहेका हुन्छन्।’

उनका यस्ता विचारोत्तेजक अभिव्यक्ति सार्वजिनक भएपछि उनलाई कारबाही गर्न व्यापक जन दवाव परेको थियो। गत वर्ष पनि एउटा टेलिभिजन कार्यक्रममा महिलाले टाउकोमा स्कार्फ बाध्नु नपर्ने बताएका एक धर्म अधिकारी माथि उनी निकै उग्र रूपमा पेश भएका थिए।

प्रतिक्रिया दिनुहोस्