टइटुको सन्देशको सम्मान गर्दै बिरामीलाई मर्न दिए



फ्लोरिडा, (एजेन्सी)
के तपाईंले सुन्नुभएको छ? अस्पतालमा डाक्टरका अगाडि कुनै बिरामी आएको छ, तर उसलाई बचाउने वा मर्न दिने भन्नेमा उनीहरू अलमलमा परे। सुन्नमा यो अनौठो लाग्न सक्छ। तर अमेरिकाको फ्लोरिडा राज्यमा त्यस्तै घटना भएको छ। फ्लोरिडाको एक अस्पतालमा डाक्टरहरू त्यतिबेला यो द्विविधामा परे, जब उनीहरूकोमा बेहोस अवस्थामा एक बिरामी आए, जसले आफ्नो छातीमा ‘फेरि जीवित नबनाउनु भन्ने टइटु बनाएका थिए। डाक्टरहरूमा उक्त टइटुलाई जीवन अन्त्य गर्ने उनको गहन इच्छालाई सही तरिकाले अवगत गराएको संकेतका रूपमा लिने वा नलिने विषयमा अन्योलता उत्पन्न गराए।

७० वर्षीय ती व्यक्तिलाई श्वासप्रश्वाससम्बन्धी र अन्य समस्या देखिएपछि ज्याक्सन मेमोरियल अस्पतालमा भर्ना गराएको द नयु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित विज्ञप्तिमा डाक्टरले बताएका थिए। बिरामीले शरीरमा कुँदेको टइटुबाट द्विविधा सिर्जना गराएको डाक्टरहरूले बताए।

शुरूमा त बिरामीको उपचार गराउने निर्णय लिइएको तर बिरामीले आफ्नो इच्छा पूरा गर्नका लागि बिरामीले उक्त कठोर कदम उठाएको हुन सक्ने विषयमा डाक्टरहरूले विचार गरेका थिए। उनको छातीमा पुनः जीवन प्राप्तिलाई अस्वीकार गरिएको र त्यसमा उनको हस्ताक्षर पनि थियो। डाक्टरहरूले धेरैसँग गहन छलफल गरे र उनीहरूलाई बिरामीको टइटुमा व्यक्त गरिएको इच्छाको सम्मान गर्न सल्लाह सुझाव आए। ती व्यक्तिको बिनाउपचार बिहीबार राति मृत्यु भयो।

मियामीको एक अस्पतालमा पनि सन् २०१२ मा यस्तै खालको घटना भएको थियो। जसमा ५९ वर्षीय बिरामीले टइटुमा लेखिएको सन्देश उसको इच्छा नभएर उसले युवा अवस्थामा नशामा चुर भएर शर्त लगाएका कारण टइटु बनाउनुपरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्