ट्रम्पद्वारा मेलाई बेलायत आतंकवादमा ध्यान केन्द्रित गर्न सुझाव, टेरिसा नामका गलत महिलालाई ट्विट



वासिङटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एक रिट्विटको आलोचना गरेकी बेलायती प्रधानमन्त्री टेरिजा मेलाई कडा जवाफ दिएका छन्। उनले मेलाई बेलायतको आतंकवादमा ध्यान केन्द्रित गर्न नसिहत दिएका छन्।

टेरिजा मेले मुस्लिम विरोधी भिडियो सेयर गरेकोमा ट्रम्पको आलोचना गरेकी थिइन्। ट्रम्पले ट्विटमा लेखेका छन्– ‘टेरिजा मे, मलाई ध्यान नदिनु, कट्टरपन्थी इस्लामिक आतंकवादमाथि केन्द्रित गर्नु, जुन बेलायतमा हुर्किरहेको छ। हामीले राम्रो काम गरिरहेका छौं।
ट्रम्पले बुधबार ट्विटरमा ३ वटा इस्लाम विरोधी भिडियो सेयर गरेका थिए। उक्त भिडियोहरु बेलायतको अति दक्षिणपन्थी संगठनले अनलाइनमा पोस्ट गरेको थियो।

यसअघि बेलायती प्रधानमन्त्री कार्यालयको तर्फबाट अमेरिकी राष्ट्रपतिबाट बेलायतको दक्षिणपन्थी समूह ब्रिटेन फस्र्टले ट्विट गरेका भिडियो रिट्विट गर्नु गलत भएको प्रतिक्रिया दिएको थियो।

प्रधानमन्त्री टेरिजा मेको कार्यालयको तर्फबाट विज्ञप्तीमा भने– ‘ब्रिटेन फस्र्ट घृणा फैलाउने कुरा गर्छन्, जुन आफैंमा झुठो हो र त्यसले तनावमात्र उत्पन्न गर्छ।’

तर ट्रम्पले मेलाई तत्काल जवाफका रुपमा गरिएको पोस्ट भने गलत महिलाको अकाउन्टमा गएको छ। आफूले पोस्ट गरेको २० मिनेटपछि मात्रै ट्रम्पले गलत टेरिसा भएको चाल पाएका थिए। उनले टेरिसा स्क्रिभेनरको नामको अकाउन्टामा ट्विट गर्न पुगेका थिए। सन् २००९ मा खुलेको उक्त अकाउन्टका मालिक स्क्रिभेनरले अहिलेसम्म आफ्ना ६ जना फलोवर्सलाई कूल ९ पटक मात्र ट्विट गरेकी छिन्। उक्त अकाउन्ट अत्यन्त निजी भएको र स्क्रिभेनरका फलअवर्सले मात्र ट्विट पढ्न सक्छन्।

ट्रम्पले पहिलो ट्विटलाई मेटे र टेरिसा मेको नाममा रहेको अकाउन्ट प्रयोग गरी नयाँ ट्विट गरेका थिए। प्रधानमन्त्री मेको ट्विटर अकाउन्टमा ४ लाख १९ हजार फलोवर्स छन्।

अति दक्षिणपन्थी ब्रिटिस नेसलन पार्टीका पूर्वसदस्यहरुले सन् २०११ मा ब्रिटेन फस्र्टको स्थापना गरेका थिए। यो संगठन सामाजिक सञ्जालमा विवादित पोस्टका लागि चर्चित छ।

प्रतिक्रिया दिनुहोस्