अदालतभित्रको आत्महत्याको अनुसन्धान हुने



हेग, (एजेन्सी)
नेदरल्यान्ड सरकारले हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भइरहेको कानुनी सुनुवाइको क्रममा बोस्नियाली क्रोट युद्ध अपराधीले कसरी आत्महत्या गर्न अदालत कक्षभित्रै विष ल्याउन सके भन्नेबारे विस्तृत अनुसन्धान गर्न बिहीबार आदेश दिएको थियो।

आफू निर्दोष रहेको
बताउँदै ७२ वर्षीय युद्ध अपराधको अभियोग लगाइएका स्लोबोदान प्राल्जाकले बुधबार अदालत कक्षमै तरल अवस्थामा रहेको विष निलेका थिए। सो घटनाको केहीबेरपछि नै उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो।

बोस्नियामा युद्ध अपराध गरेको अभियोगमा उनलाई हालै मात्र २० वर्ष लामो काराबास सँजाय सुनाइएको थियो। केही बोस्नियाली क्रोटहरुले उनलाई अझैसम्म पनि एक वीर योद्धाका रूपमा सम्झिने गरेका छन्।

उनलाई मुद्दा चलाउनुपूर्व युगोस्लाभियाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायलय (आईसीसटवाई) को क्रोसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकले कडा शब्दमा आलोचना गरेका छन्। प्राल्जाक र अन्य ५ जना विरुद्ध यस विषयमा गत २० वर्षदेखि मुद्दा चलिरहेको हो।

हेगको मुद्दा दौरानमा भएको उनको आत्महत्या पहिलो घटना होइन। यसअघि सन् १९९८ मा क्रोसियाली सर्वयुद्ध अपराध गरेको आशंका गरिएका स्लाभ्को दोकमानोभिकले पनि जेलभित्रै झुण्डिएर आत्महत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्