कुटनीतिकको घरमा ठूलो परिमाणमा महँगो मदिरा



इस्लामावाद,(एजेन्सी)
पाकिस्तान स्थित एकजना उत्तर कोरियाली कुटनीतिको घरमा भएको चोरीको घटनाको अनुसन्धानको क्रममा ति कुटनीतिक स्वयम मदिराको ठूलो अवैध कारोवारमा संलग्न रहेको आशंका गरिएको छ। इस्लामावाद स्थित ह्योन कि योंग नामक ति कुटनीतिकको घरबाट गत अक्टोरमा हजारौं सिसी व्हिस्की , वियर , वाइन चोरी भएपछि संभवत उनी आफै पनि निकै धेरै पिउनुपर्ने व्यक्ति पनि हुनसक्ने बताइएको छ।

पाकिस्तानमा मुश्लिमहरूका लागि रक्सी अवैध मानिन्छ भने रक्सी सर्वसुलभ पनि छैन। यद्यपि कुटनीतिकहरूलाई व्यक्तिगत प्रयोजनका लागि रक्सी , वियर र वाइनको कोटा छुट्याइएको छ। तर तिनीहरू केहि कोटा कोलोबजारमा पुग्ने गरेको आश्रंका लामो समय देखि गरिँदै आएको हो।

ह्योनले आफ्नो घरबाट दुईवटा हिराको औंठी , हजारौं अमेरिकी डलर र थुप्रो परिमाणमा रक्सी , वियर र वाइन चोरी भएको प्रहरी समक्ष उजुरी गरेका थिए। तर शुक्रवार रोयटर्स समाचार निकाय र पाकिस्तान टुडेले ति सामान चोरी गर्ने तीनजना स्वयम प्रहरी अधिकारी भएको र तिनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको जनाएकाछन्।

सो चोरीको उजुरी परेको कोहसार प्रहरी चौकीका प्रमुख प्ररी नीरिक्षक असजाद मेहमुदले ह्योनको घरमा अवैध ढंगले प्रवेश गर्ने तीनजना प्रहरी विरुद्ध त्यत्रो परिमाणमा रक्सी भेटिँदा पनि आफ्ना सिनियरहरूलाई जानकारी नदिएकोमा कारवाही अघि बढाइएको बताएका छन्।

हाल तिनीहरूलाई जमानतमा रिहा गरिएको छ। १ हजार भन्दा बढि संख्यामा त जोहनी वाकर ब्ल्याक लेवल रक्सी फेला परेको बताइएको छ। पाकिस्तानको कालोबजारमा प्रति बोटल ब्ल्याक लेवलको ८० अमेरिकी डलर पर्दछ। ह्योनले प्रहरी समक्ष २ सय केस वाइन , ६० कार्टुन वियर र दर्जनौं बोटल टकिला चोरीएको उजुरी गरेका थिए। साथै उनको घरबाट १ लाख ५० अमेरिकी डलर पनि चोरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्