नासाले २४ लाखको नाम मंगलग्रह पठाउने



पासाडेना (एजेन्सी)
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफनो अन्तरिक्ष अभियानमा विश्व भरीका २४ लाख मान्छेको नाम मंगलग्रहमा पठाउने भएको छ।

भारतमा मात्र यसका लागि नाम दर्ता गर्नेको संख्या १ लाख ३८ हजार पुगेको जनाइएको छ। नासाले ती नामहरू इनसाइट अन्तरिक्ष यान मार्फत पठाइनेछ। उक्त यान सन् २०१८ मा प्रक्षेपण गर्ने लक्ष्य लिएको छ भने यानले सन् २०१८ नोभेम्बर २६ मा मंगल ग्रहमा अवतरण गर्नेछ।

रजिस्टर गरिएका नामलाई एउटा सिलिकन चिप्समा इलेक्ट्रिक किरणको मद्दतबाट कोरिनेछ। चिपमा लेखिने अक्षर रौंको हजारौ अंशभन्दा पनि मसिनो हुनेछ। सबै नाम लेखिएपछि उक्त चिपलाई नासाको अन्तरिक्ष यानबाट मंगलग्रहमा पठाइने छ। नासाले त्यसमा नाम उल्लेख भएका ब्यक्तीहरूलाई स्मरणका लागि बोर्डिंग पास पनि दिने भएको छ। उक्त नामावलीमा सबैभन्दा अमेरिकी र त्यसपछि चिनियाँ नागरिकहरू परेका छन्।

यसमा अमेरिकाका ६ लाख ७६ हजार, दोस्रो स्थानमा परेको चीनका २ लाख ६२ हजार र तेस्रो स्थानमा भारतका १ लाख ३८ हजार नागरिकको नाम दर्ता भएको छ।

प्रतिक्रिया दिनुहोस्