वृद्धा वलात्कारीलाई कारावास



आसाम,(एजेन्सी)
पुर्वी भारतका ेकोलकाताको एक अदालतले विहिवार सन् २०१५ को मार्चमा एकजना वृद्ध ननलाई वलात्कार गरेको अभियोगमा एकजना बंगलादेशी पुरुषलाई आजिवन कारवास संजाय सुनाएको छ।

उक्त अदालतले नाजुरल इस्लामलाई वलात्कार र हत्या प्रयासका लागि दोषि ठहर गरेको छ। पश्चिम वंगाल राज्यको रानाघाटमा भएको यसै घटनाको सिलसिलामा अन्य पाँचजनालाई लुटपाटको अभियोगमा जनही दस वर्षलामो कारवास संजाय सुनाइएको छ।

यसैगरी आक्रमणकारीहरूलाई सहयोग गरेको अभियोगमा अर्का एकजनालाई भने सात वर्ष लामो कारवास संजाय सुनाइएको छ। ति ७१ वर्षिया ननलाई आक्रमण गरी तिनीहरूले धनमाल पनि लुटेका थिए। पिडित वृद्धाको परिचय भने गोप्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्