इटालियन टिभी पत्रकार माथि साँघातिक हमला



मिलान,(एजेन्सी)
इटालियन प्रहरीले उपनगर रोममा एकजना टेलिभिजन पत्रकारलाई रगताम्य हुनेगरी आक्रमण गरेको कारण जेल परेका एक गुन्डाका भाईलाई शुक्रवार गिरफतार गरेको छ। पत्रकार माथि भएके साँघातिक आक्रमणलाई लिएर ठूलो जन आक्रोस उर्लेको थियो।

ओस्टियामा भएको उकत आक्रमणको दौरान रोवोर्टो स्पाडा नामक ति व्यक्तिले राइ टेलिभिजनका पत्रकारको नाकै भाच्ने गरी पिट्नुका साथै क्याटन लिएर फिल्म क्रुलाई लखेटेका थिए।

उनले गरेको सो आक्रमणको क्यामराम्यानले पुरा फिल्म खिचेका छन्। स्पाडा विरुद्ध माफिया शैलीमा सााघातिक आक्रमण गरेको अभियोग लगाइएको छ। उनका दाजु भने जवर्जस्ती चन्दा उसुली र माफियासंग सम्बन्ध रहेको अभियोगमा दस वर्ष लामो कारावास भोगिरहेका छन्।

बुधवार टाउकोमा पनि बेस्सरी प्रहार गरिएका पत्रकार ड्यानियल पिएर्भिन्सेन्जीले स्पाडालाई कटर दक्षिणपन्थि कासा पाउन्डलाई उनको परिवारले सहयोग गरेको हो भनी प्रश्न गर्ना साथ उनी रिसले आक्रामक बनेका थिए। एउटा स्थानिय जिमको सिँढीमा अन्तर्वार्त लिने क्रममा स्पाडालाई आक्रमण गरिएको थियो। रोमका मेयर भर्जिनिया राग्गीले टिवट गर्दै स्पाडा परिवारबाट भएको हिंसा अस्विकार्य रहेको र रोममा यस्ता अपराधिक गतिविधिह रोक्ने प्रतिवद्धता जनाएकी छिन्।

साथै उनले रोम देखि साढे वाइस किमि टाढाको तटिय शहर ओस्टियामा भएको हिंसा विरुद्ध शनिवार विशाल विरोध ¥यालीको आयोजना गरिने बताएकी छिन्। गत आइतवार भएको स्थानिय निकायको चुनावमा कासा पाउन्डले ९ प्रतिशत मत सहित विजय हासिल गरेका थिए। इटालियन प्रधानमन्त्री पावोलो जेन्टिलोनीले पिडित पत्रकार प्रति सहानुभुति व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्