उपभोक्ताको मनमा रहने पुनःस्मरणको कार्य



 

नेपाल समाचारपत्र
काठमाडौं
अहिलेको डिजिटल प्लेटफर्मको निरन्तरको विकास र सामाजिक सञ्जालको क्रान्तिकारी प्रभावित पार्ने कदमले अहिलेका उपभोक्ता परम्परागत ब्रान्ड अभियानले प्रभावित हुन निकै कठिन हुँदै गएको छ। उनीहरू बजारशास्त्र अभियान उपभोक्ताको मनमा पहिलो स्थानमा रहने प्रयासमा ब्रान्डलाई परिवर्तन गरिरहेका छन्। तसर्थ, हिजोआज हरेक ठूला ब्रान्ड र कम्पनीद्वारा उपभोक्तामाझ ब्रान्ड मन पराउने र ब्रान्ड रुचाउने सिर्जना गर्नु सबैभन्दा नयाँ लक्ष्य हो।

नेपालमा, धेरै ब्रान्डले यो बाटो अंगालेका छैनन्। नेपालमा, केही स्थानीय ब्रान्डले विगतका समयमा यस्तो माध्यम अपनाएर सफल रूपमा आफ्नो ब्रान्डको सिर्जनात्मक उपस्थिति दर्शाएका थिए। यी ब्रान्डले उपभोक्तासँग भावनात्मक प्लेटफर्म तयार पारेर सम्बन्ध बिस्तार गरेका थिए। तर यसलाई निरन्तरता दिनु र ब्रान्ड मनपराउने सोही माध्यमलाई कायम गर्नु एउटा चुनौतीको रूपमा आएको छ।

कोका–कोलाले पनि उपभोक्ताको भावनात्मक विषयमा समझदारी बनाउनका लागि विभिन्न परिष्कृत तहका अभियान तयार पारेको छ। भर्खरै मात्र, कोका–कोला ब्रान्डले सोही भावनात्मक मार्गद्वारा नेपाली उपभोक्तासँग सम्बन्ध बढाउने प्रयासलाई अगाडि बढाएको छ। त्यस्ता अभियानमा ‘फेरि उठ्नेछ नेपाल’, ‘कोकाकोला मोमोत्सव’, विश्व अभियान ‘शेयर अ कोक’ आदि रहेका छन्।

नेपालमा कोका–कोलाको इतिहासमा पहिलोपटक, कम्पनीले सम्बन्धका लागि स्थान सिर्जना गर्न आफ्नो ब्रान्ड लोगोलाई त्यसको लेबलबाट हटाएको थियो। यस्तो अभ्यास ठूलो ब्रान्डको तर्फबाट अनपेक्षित रहेको हुन्छ जबकी त्यसको लोगो नै ब्रान्डको परिचय हो। नेपाली उपभोक्ताका लागि विशेष र फरक लेबल बनाइएको थियो र लेबलबाट ब्रान्डको लोगो हटाउन सहमत भएको थियो, जसले सम्बन्धहरूलाई मनाउन र उत्साहित बनाउन विशेष सन्देशका लागि ठाउँ सिर्जना गरेको थियो।
कुनै बहुराष्ट्रिय कम्पनीले त्यस्तो सशक्त अभियान स्थानीय बजारका लागि त्यस्तो गहिरो भावनात्मक सन्देशका साथमा सिर्जना गरेको देखेको छु। अनेकौं पटक, प्रत्येक बजार र देशले ठूला ब्रान्डका लागि कयौं अवसर सिर्जना गरेका हुन्छन्, जसमा स्थानीय चाडवाडको प्रयोग र उनीहरूको उपभोक्तासँग सम्पर्क गर्ने अवसर सिर्जना गरेका हुन्छन्। यदि यसलाई निकै राम्रोसँग प्रयोग गर्न सकिएमा उनीहरूको मनसम्म पुग्ने उत्कृष्ट माध्यमको रूपमा हुन सक्दछ। उपभोक्तासँग मनदेखि नै सम्बन्ध गाँस्ने र ब्रान्डको मनदेखि नै पुनःस्मरण गराउने कार्य उनीहरूको मस्तिष्कमा ब्रान्डको पुनस्मरण गराउनुभन्दा प्रभावकारी उपाय हो।

जब ब्रान्डले आफ्ना उपभोक्तासँग सम्बन्ध गाँस्न स्थानीय बाटोबाट निकै ठूलो कदम उठाउँछ, त्यो आफ्ना उपभोक्ताका अझ ठूलो र उच्च सम्मानित ब्रान्डको रूपमा कायम रहन्छ। आगामी दिनमा अन्य ब्रान्डले पनि उनीहरूको उपभोक्ताहरूसँग सम्बन्ध जोड्न यस्तै मार्ग अपनाउनेछन् र स्थानीयलाई आबद्ध गरेर बनाईएको फरक किसिमका प्रवद्र्धनात्मक अभियानको साक्षी हामी हुन पाउनेछौं। यसले विश्वस्तरमा सोचौं, स्थानीयस्तरमा गरौं भन्ने नारालाई सार्थक बनाउँछ।
(दिपु लामा, डाइरेक्टर, क्लाइन्ट सर्भिसिङ्को विचारमा आधारित)

प्रतिक्रिया दिनुहोस्