दोहोरो नागरिकता लिएको भन्दै उपप्रधानमन्त्रीसहित ४ जनालार्इ अयोग्य ठहर



अष्ट्रेलियाको एउटा उच्च अदालतले त्यहाँका उपप्रधानमन्त्री बर्नबी जोइस र अन्य चार राजनीतिज्ञले दोहोरो नागरिकता लिएको भन्दै उनीहरु गलत तरिकाले निर्वाचित भएको फैसला सुनाएको छ । अदालतको उक्त निर्णयको मतलब अब उपप्रधानमन्त्री जोइससहित तीन राजनीतिज्ञहरु कार्यालयमा रहन अयोग्य भएका छन् । बाँकी अन्यले भने गत जुलाई मै कार्यालय छोडिसकेका छन् ।

अस्ट्रेलियाको संविधानले दोहोरो नागरिकता भएका नागरिकहरुलाई निर्वाचित हुन प्रतिबन्ध लगाएको छ । उनी बाहिरिएपछि अष्ट्रेलियाको सरकारको बहुमत रहने छैन । तर, उनी उप निर्वाचनबाट फर्किन पनि सक्छन् ।

गत अगष्टमा न्यूजिल्याण्डको नागरिकता त्यागेका उनले तल्लो सदनका लागि पुन निर्वाचित गर्न आह्वान गरेका थिए । अदालतको फैसला लगत्तैपछि बोल्दै उनले भने, “अदालतको फैसलाको म सम्मान गर्छु ।”

अन्य चार राजनीतिज्ञहरु सिनेटका लागि निर्वाचित भएका थिए । यद्यपी विपक्षी लेबर पार्टीले भने उपप्रधानमन्त्री रहँदा जोइसले गरेका सबै निर्णयहरुको पुनर्समीक्षा हुनुपर्ने बताएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्