आइन्स्टाइनको खुसी हुने सूत्र लिलाम



टोकियो, (एजेन्सी)
विश्व प्रसिद्ध बैज्ञानिक अल्वर्ट आइन्स्टाइनद्वारा सुखद जीवन कसरी जिउने भन्ने सल्लाहे लेखिएका कागजको एक पृष्ठ इजरायलको राजधानी जेरुसेलेममा १५ लाख ६० हजार अमेरिकी डलरमा लिलाम भएको छ।

आइन्स्टाइनले सन् १९२२ मा जापानको टोकियो स्थित एउटा कुरियरलाई टिपको सट्टा सो कागज दिएका थिए। आइन्स्टाइनले आफूले प्रतिष्ठित भौतिकशास्त्र तर्फको नोबेल पुरुस्कार जितेको खबर पाउने वित्तिकै मेसेन्जरलाई यदि आफू भाग्यमानी भएको खण्डमा उक्त पृष्ठ मूल्यवान हुने बताएका थिए।

उनले सो सल्लाहमा लामो समयदेखिको लक्ष प्राप्तिले खुसीको ग्यारेन्टि दिनै पर्छ भन्ने नरहेको उल्लेख गरेका थिए। नोबेल पुरुस्कार जितेपछि जर्मनीमा जन्मेका आइन्स्टाइन प्रवचन दिन जापान पुगेका थिए।

उनको कोठामा कुरियर पुर्याउन आएका व्यक्तिलाई दिन पैसा नभएपछि उनले त्यसरी सुखी जीवन जिउने तरिका लेखेर दिएका थिए। इम्पेरियल होटेल टोकियोमा उनले दिएको सो कागजमा जर्मन भाषामा एकै वाक्यमा लेखिएका थियो, ‘सफलताको पछाडि दौडिरहने निरन्तर अस्थिर जीवनले भन्दा मानिसलाई शान्त र सौम्य जीवनले बढी खुसी ल्याउँछ।’

प्रतिक्रिया दिनुहोस्