क्रिमिया युक्रेनको हो ः सोव्चाक



मस्को, (एजेन्सी)
अगामी मार्चमा आयोजना हुने रुसको राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिन लागेकी ३५ वर्षीया रुसी चर्चित टेलिभिजन प्रस्तोता सेनिया सोव्चाकले सन् २०१४ मा रसियाले कब्जा गरेको क्रिमिया युक्रेनको भएको मंगलबार बताएकी छिन्। मंगलबार उनले दिएको यस साहसिक र विवादास्पद अभिव्यक्तिका कारण रुसी अधिकारी र विधायकहरू आक्रोसित भएका छन्।

साथै सोव्चाकले आफ्नो पहिलो पत्रकार सम्मेलनमा राष्ट्रका राजनीतिक वन्दिहरूलाई तत्काल रिहाइको माग गर्दै सरकारी स्तरमा हुने गरेको भ्रष्टाचारको कडा शब्दमा आलोचना गरेकी छिन्।
आm्नो सफल टेलिभिजन चलाउने करियर थाल्नुअघि चर्चित फेसनेवल महिलाको रूपमा चिनिने गरेकी सोव्चाकले यस चुनावी उम्मेदवारीका लागि क्रेलिनको आशिर्वाद नपाएको बताएकी छिन्। तर उनले आफ्नो उम्मेदवारीको सार्वजनिक घोषणा गर्नुअघि राष्ट्रपति भ्लादिमिर पुटिनलाई चेतावनी दिएको खुलासा गरेकी छिन्।

पुटिनले भने अझ सम्म पनि १८ मार्चमा हुने चुनावमा आफूले भाग लिनेबारे केही पनि बोलेको छैन। तर उनी चुनावमा उठ्ने व्यापक आशा गरिएको छ। पछिल्लो मत सर्भेक्षणअनुसार पुटिनको पक्षमा ८० प्रतिशत जन समर्थन देखिएकाले उनले अत्यधिक बहुमतले चुनाव जित्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्