तालिवानलाई अफगान सरकारमा स्वागत छः टिलरसन



 

काबुल, (एजेन्सी)
अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले अफगान सरकारमा तालिबान लडाकू समूहका सदस्यहरूका लागि स्थान रहेको बताए। यद्यपि उक्त कट्टरपन्थी इस्लामिक समूहविरुद्ध सैन्य कारवाहीलाई तीव्र पार्ने वासिङटनको योजना छ।

‘प्रस्ट छ। हामी तालिवानविरुद्ध र अन्य विरुद्ध लडाइँ जारी राख्छौं ता कि उनीहरूले सैन्य विजय सम्भव छैन भन्ने बुझून्।’ –पहिलो अघोषित अफगानिस्तानको भ्रमणका क्रममा काबुल पुगेका टिलरसनले पत्रकारहरूलाई बताए।
तालिवानमा उदारवादी सोच भएकाहरू भएको र उनीहरूले अनन्तकालसम्मका लागि युद्ध जारी राख्न नहुने धारणा राख्दै आइरहेको आफूहरूको विश्वास रहेको उनले बताए। उनीहरू तिनीहरूका सन्तानले पनि युद्ध लडोस् भन्ने पक्षमा नरहेको उनले बताए।

अफगान सरकार र तालिवानबीच हालैका वर्षहरूमा कयौं चरणको शान्ति वार्ता भइसकेको छ तर तीमध्ये प्रायः भंग भएका थिए। उक्त समूहले राष्ट्रपति असरफ घानीको सरकारविरुद्ध हिंसात्मक विद्रोह जारी राख्दै आत्मघाती विस्फोट तथा गोलाबारीबाट आक्रमण गर्दै आइरहेका छन्। अहिले भने उसको उक्त मध्ये एसियाली देशमा प्रभाव विस्तार गर्ने सोच बनाएका इस्लामिक स्टेट लडाकू समूह (आईएसआईएस)सँग प्रतिस्पर्धा रहेको छ।

‘हामी ती सोच बोकेकासँग सहकार्य गर्न तत्पर छौं र शान्ति प्रक्रियालाई अगाडि बढाउन उनीहरूसँग मेलमिलापको प्रक्रियामा जान तथा सरकारमा उनीहरूको पूर्ण संलग्नता होस् भन्ने चाहेका छौं।’ –टिलरसनले बताए।

यदि उनीहरू आतंकवादको निन्दा, हिंसा परित्याग गर्न र स्थायी, समृद्धि अफगानिस्तानका लागि तयार हुन्छ भने सरकारमा उनीहरूका लागि स्थान हुनेछ।

अमेरिकाका वरिष्ठ कूटनीतिज्ञ कतार राजधानी दोहाबाट मध्य राति सी–१७ सैन्य विमानबाट अफगानिस्तान पुगेका हुन्। उक्त यात्राका क्रममा पूर्व निजी विमान चालक ककपिटमा बसेका एसोसिएटेड प्रेसले जनाएको छ।

अमेरिकी गुप्तचर संस्था सीआईएले अफगानिस्तानमा वरिष्ठ तालिवान लडाकूलाई खोज्ने र मार्ने उसको अत्यन्त गोप्य कारबाहीलाई विस्तार गरिरहेको छ। उक्त समूहविरुद्धको संघर्षमा अफगान बललाई सहयोग गर्न साना टोलीहरूलाई सीआईएले परिचालन गर्दै आइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा रणनीतिक विस्तारका लागि नयाँ नीतिलाई सहमति दिइसकेको छ। त्यसमा अफगानिस्तानमा रहेका अमेरिकी सैनाको उपस्थितिलाई हजारौंमा पुर्याउनु पनि एक हो।

प्रतिक्रिया दिनुहोस्