फ्रान्समा बच्चाको ‘जिहाद’ नाम विवादमा



 

पेरिस, (एजेन्सी)
पछिल्ला समयमा इस्लामिक आतंककारीहरूको आक्रमणको कारण निकै दुःख पाएका राष्ट्रमध्ये एक फ्रान्समा नवाजात शिशुको नाम ‘जिहाद’ (इस्लामका लागि लड्ने युद्ध) स्वीकार्य होला त ? फ्रान्सको तुलुँजे शहरको प्रशासनबाटै अनुमति पाएर एक दम्पतीले आफ्नो छोराको नाम जिहाद राखेपछि त्यहाँका कानुनविद्लाई अप्ठइरो परेको छ।

एकजना फ्रेन्च न्यायाधीशले सो परिवारको मुद्दाबारे आदेश दिने क्रममा अरबी भाषामा ‘जिहाद’को अर्थ खासमा ‘धर्म युद्ध’ नभई ‘प्रयास’ वा ‘संघर्ष’ भएको बताएका छन्।

फ्रान्सको प्रचलित कानुनले कुनै पनि दम्पतीलाई आफ्ना सन्तानको नामाकरण गर्ने कार्यमा हस्तक्षेप गर्ने अधिकार दिएको छैन। तर यसरी छनोट गरिएको नामले बच्चा स्वयंलाई हानी पुग्ने वा अन्य परिवारका सदस्यहरूले इजाजतको आधारमा उजुरी गरेको खण्डमा भने यस्तो घटना विचारणीय नै हुने बुझिएको छ। सो जिहाद नाम दिइएको बच्चाको जन्म अगस्टमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्