पाकिस्तानको क्वेटामा बम विस्फोट,सात प्रहरीको मृत्यु


पाकिस्तान, पाकिस्तानको क्वेटामा बुधवार भएको बम विस्फोटमा सात प्रहरीको मृत्यु भएको छ भने २२ प्रहरी घाइते भएका छन् ।

पैंतीस प्रहरीहरूलाई लिएर गएको एक प्रहरी वाहन उक्त इलाका भएर जाँदै गर्दा बम विस्फोट भएको थियो ।
क्वेटाको सरकारी अस्पतालका प्रवक्ता वसीम वेगले सात मृत्युको पुष्टि गरे । बलूचिस्तानका गृहमन्त्री सरफराज बुगतीले भने, ‘आतंकवादविरुद्धको लडाईं अझै सकिएको छैन ।

बलूचिस्तान यो लडाईंमा अग्रपंक्तिमा रहनेछ र यस क्षेत्रबाट आतंकवादीहरूको सफाया नहुन्जेल रोकिने छैन । यो कायर आक्रमणले हाम्रा सुरक्षाबललाई कर्तव्य निर्वाह गर्नबाट रोक्न सक्दैन ।’

एजेन्सी

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।