लेमद्वारा हङकङ स्वतन्त्रताको वादविवाद तत्काल अन्त्य गर्न आह्वान



 

हङकङ, (एजेन्सी)
हङकङमा स्वतन्त्रताको वावविवाद तत्काल अन्त्य हुनुपर्ने बताउँदै उक्त चीन शासित विश्व आर्थिक केन्द्रका नेतृले यसबाट उक्त नगरको बेइजिङका कम्युनिस्ट पार्टी नेताहरुसँगको सम्बन्धलाई नोक्सान पुर्याउने बताएकी छिन्।
युनिभर्सिटी क्याम्पसहरुमा सरकारले हस्तक्षेप गर्न नचाहेकोमा जोड दिँदै कार्यकारी प्रमुख क्यारी लेमले उक्त अभियान सहज अभिव्यक्ति स्वतन्त्रताको मुद्दाभन्दा ‘संगठित र सुनियोजित’ भएको बताइन्।
यो छलफलले ‘हामी किन यो विषयमा कुरा गर्न सक्दैनौं?’ भन्ने आसयबाट मोड लिइसकेको छ। यसले प्रस्ट रुपमा ‘एक राष्ट्र, दुई प्रणालीमाथि आक्रमण गरेको छ र बेइजिङ तथा हङकङबीचको सम्बन्धलाई ध्वस्त पारिरहेको छ’ –लेमले बताइन्।

यो हङकङको विकाससँग जोडिएको छैन, यो रोकिनैपर्छ।
स्वतन्त्रताको आह्वानले आधारभूत कानुनको उल्लंघन भइरहेको बताउँदै लेमले एक राष्ट्र, दुई प्रणालीको ब्यानरमा सन् १९९७ मा बेलायतको उक्त पूर्वउपनिवेश चिनियाँ सम्प्रभुतामा फर्केपछि संवैधानिक दस्तावेजले हङकङको अमिव्यक्तिको स्वतन्त्रता र सभा सम्मेलनको अधिकारलाई सुरक्षित गरेको बताइन्।

आधारभूत कानुनले मुख्य भूमि चीनमा रहेको नागरिक तथा आर्थिक स्वतन्त्रताभन्दा धेरै व्यापक व्यवस्था गरेको छ। केही कानुनविद्हरुले दिगो स्वतन्त्रताको अभियानले देशद्रोहको कानुन मिच्न सक्ने चेतावनी दिएका छन्।

राष्ट्रपति सी जिन पिङलगायतका चिनियाँ नेताहरुले स्वतन्त्रताको छलफल रेडलाइन भएको र त्यसलाई नाघ्न नहुने चेतावनी दिँदै आइरहेका छन्। उनीहरुले उक्त नगर चीनको अविभाज्य अंग भएको बताएका छन्।

हालैका दिनहरुमा क्याम्पसहरुमा केही विद्यार्थीहरुले ‘डेमोक्र्यासी वाल्स’ लेखिएका ब्यानरहरु राखेका छन्। उक्त गतिविधिलाई लिएर मुख्यभूमिबाट आएका विद्यार्थीहरुले चुनौती दिँदै अर्को विरोधमा अभियान चलाइरहेका छन्।

मुख्य भूमिका चिनियाँ विद्यार्थी र चीन समर्थक राष्ट्रवादी समूहले त्यस्ता पोस्टरहरु च्यातिदिने गरेका छन्। यसले उनीहरु र हङकङ विद्यार्थी तथा अभिव्यक्ति स्वतन्त्रताका हिमायतीहरुबीच तनाव उत्पन्न गराइरहेको छ।
स्वतन्त्रता समर्थक कार्यकर्ताहरुलाई ‘मार्नु’ पर्छ र उनीहरुमाथि कुनै दया देखाउन नहुने बेइजिङ समर्थक विधायक जुनियस होलले आइतबार एक र्यालीमा आक्रोस पोख्दै प्रहरीलाई त्यस्ता गतिविधिमाथि कारबाही गर्न आह्वान गरेका थिए। लेमले सरकारको कारबाहीलाई नपर्खेर युनिभर्सिटी व्यवस्थापनले नै ती मुद्दालाई सम्हाल्न सक्षम हुनुपर्ने बताइन्।
लेमको चेतावनीलाई लिएर सोधिएको एक प्रश्नमा हङकङका लागि बेलायतका अन्तिम गभर्नर क्रिस प्याटेनले हङकङका असंयम् युवाको सहभागिताका लागि व्यापक प्रयास गर्न आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्