विमानस्थलमा बम विस्फोट गराउनेलाई आठ वर्षको जेल सजाय



साङ्घाई, ६ फागुन । गत वर्ष साङ्घाई अन्तरराष्ट्रिय विमानस्थलमा एउटा गृहनिर्मित बम विस्फोट गराउने एक जना चिनियाँलाई स्थानीय एक अदालतले आठ बर्षको जेल सजाय सुनाएको छ ।

झाओ सिङ्गबाई नामक २९ वर्षीय ती अपराधिले गत वर्षको जुन १२ मा बियरको सिसिभित्र पटाका लगायत अन्य बिस्फोटक पदार्थ भरेर गृहनिर्मित एउटा बम साङ्घाइको पुदोङ्ग अन्तरराष्ट्रिय विमानस्थलमा विस्फोट गराउँदा तीन व्यक्ति घाइते भएका थिए ।

झाओ त्यस बखत ब्यक्तिगत तथा यौन रोगको तनावले विक्षिप्त अवस्थामा रहेको समेत सो अदालतद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

विमानस्थल भित्र वरीपरी जम्मा भएका भीडको माझमा झाओले तीनवटा बम हु¥र्याएको र पक्राउ परिएला भन्ने त्रासले भाग्दाभाग्दै छुराले आफ्नै घाँटी रोपी आत्महत्या गर्ने प्रयास गरेको थियो ।

हु¥र्याएको तीनवटामध्ये दुइवटा तत्कालै विस्फोट भइ तीन जना सख्त र अन्य दर्जनौँ ब्यक्ति घाइते हुनुका साथै थुप्रै हवाई उडान बिलम्ब एवम् कतिपय रद्दसमेत भएका अदालतको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सन् २०१३ मा, चीनकै बेइजिङ्ग अन्तरराष्ट्रिय विमानस्थलमा पनि ह्वीलचेयरमा बसेको एकजना मानिसले यसै गरी गृहनिर्मित बम बिस्फोट गराउँदा छ वर्षको कारावासको सजायँ पाएको थियो । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्