नेपालमै पहिलो अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी सुरु



रोेविन पौडेल, काठमाडौं ।

कृषि क्षेत्रको व्यवसायिक विकास गर्ने उद्देश्यका साथ नेपालमा बृहत अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी सुरु भएको छ । हिजोेदेखी राजधानीको भृकुटीमण्डमा सुरु भएको ‘नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो’ तीन दिनसम्म चल्ने आयोजक मिडिया स्पेश सोलुसन प्रालिले जनाएको छ।

नेपालकै पहिलो बृृहत कृषि प्रर्दशनीमा नेपाल, भारत , मलेसीया, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेल्जियम लगायत १६ देशका दुई सय स्टल रहेका छन् ।

प्रर्दशनीमा आधुनिक खेती प्रणाली तथा कृषि उपकरण, डेरी तथा मत्स्यपालन उद्योग सम्बन्धी विभिन्न कृषि प्रविधिका स्टल राखिएका छन्। प्रदर्शनीमा आधुनिक कृषि सम्बन्धी जानकारीमुलुक सेमिनार समेत संचालन हुँदै छन्।

प्रतिक्रिया दिनुहोस्