‘राष्ट्र बैंकका टुल्सको प्रयोग गर’



लमजुङ, (नेस)
पूर्वअर्थमन्त्री डा. रामशरण महतले राष्ट्र बैंकका टुल्सको प्रयोग र विकास बैंकको सहकार्यमा तरलता हट्ने बताउनु भएको छ । प्रेस युनियन लमजुङ शाखाको आयोजनामा बेंसीशहरमा गरिएको पत्रकार भेटघाटका अवसरमा उहाँले सो धारणा राख्नुभएको हो ।
उहाँले तीन महिना अघिसम्म ठिकै भनिएकोमा अहिले एकाएक कसरी यस्तो स्थिति आयो आफू आश्चर्यमा परेको बताउँदै त्यसको समाधानका लागि राष्ट्र बैंकसँग प्रशस्त टुल्सहरू छन् । तिनको प्रयोग गर्नुपर्छ त्यसका लागि राष्ट्र बैंक र विकास बैंकहरू बसेर जिम्मेवारीपूर्वक उपयको कार्यान्वय गरेमा यो समस्या समाधान हुन सक्छ भन्नुभयो । उहाँले निक्षेप संकलनलाई आकर्षण बनाई राख्नुपर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले पुँजीगत खर्च कम हुनुमा सुशासनको अभाव र काम गर्ने इच्छाशक्तिको नहुनु रहेको भन्दै आफूले भ्याट सिस्टम ल्याउन खोज्दा पुत्ला दहन गरिएको समेत स्मरण गर्दै र आज त्यही भ्याटले कुल राजस्वको ३५ प्रतिशत हिस्सा धान्ने गरेको, आयकर ऐन ल्याएको, पुँजीकर लाभ ऐन ल्याएर मुलुकको अर्थतन्त्र सुदृढ बनाउन आफूले उल्लेख्य काम गरेको दाबी गर्नुभयो ।

त्यसैगरी वित्तीय क्षेत्रमा उदारीकरण गरी बैंक खोल्ने अनुमति दिएकाले हाल ५०औं अर्ब राजस्व बैंकबाट आउने, टेलिकमको एकाधिकार तोड्ने जस्ता कार्य आफूले गरेको दाबी गर्नुभयो । उहाँले राष्ट्र निर्माणका लागि कठिन निर्णय लिने क्षमता हुनुपर्नेमा जोड दिँदै सक्नेले सहयोग गर्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्