टेलिकमद्वारा सफाइ सामग्री हस्तारन्तरण



????????????????????????????????????

काठमाडौं, (नेस)
नेपाल टेलिकम १३औं वार्षिकोत्सवको अवसरमा शनिबार बाग्मती सफाइ अभियानमा सहभागी भएको छ। सो अवसरमा कम्पनीले सफाइ अभियानका लागि आवश्यक सफाइ सामग्रीहरु पनि सहयोगस्वरुप हस्तान्तरण गरेको छ।

सुविधानगर तीनकुनेस्थित बाग्मती नदी किनारमा आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सफाइ कार्यका लागि आवश्यक विभिन्न सामग्रीहरु हस्तान्तरण गर्नुभयो। उक्त सामग्रीहरु बाग्मती सफाइ अभियानका अभियन्ता किशोर थापामार्फत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिलाई हस्तान्तरण गरिएको हो। उक्त अवसरमा अभियन्ताहरुका लागि आवश्यक सफाइ सामग्रीहरू सय जोर ट्रयाक सुट, ३ सय जोर गम बुट, ३ सय जोर पञ्जा, ५० थान डोको, ५० थान सुइरो र २ सय थान मास्क हस्तान्तरण गरिएको थियो।

सो अवसरमा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नदीनाला र हरियाली मानव जीवनको अभिन्न अंग भएकाले बाग्मती नदीको संरक्षण, सम्वद्र्धन गर्नुपर्ने आवश्यकता महशुस गरी नेपाल टेलिकम यस कार्यमा प्रत्यक्षर अप्रत्यक्ष रुपमा निरन्तर संलग्न रहेको बताउनुभयो। उहा“ले यसै आर्थिक वर्षभित्र बाग्मती नदी किनारामा दुई वटा शौचालय निर्माण सम्पन्न गर्ने बताउ“दै भविष्यमा पनि बाग्मती सफाइ अभियानमा सहयोग र सहभागिता भइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त अवसरमा बाग्मती सफाइ अभियन्ता डा. राजु अधिकारीले नेपाल टेलिकमले शुरुआतदेखि नै बाग्मती सफाइ अभियानका लागि निरन्तर रुपमा गर्दै आएको सहयोग र सहभागिताका लागि धन्यवाद दिनुभएको थियो। उहा“ले आगामी दिनमा समेत कम्पनी यो कार्यमा संलग्न रहने विश्वास ब्यक्त गर्नुभयो।

सफाइ अभियान शुरु हुनु अघि कम्पनीमा कार्यरत कर्मचारी बबरमहलस्थित दूरसञ्चार तालिम केन्द्रमा भेला भई सफाइ स्थलमा पुगेका थिए। नेपाल टेलिकमले बाग्मती सफाइ अभियान शुरु भएको दोस्रो हप्तादेखि नै हरेक हप्ता सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट निःशुल्क एसएमएस पे्रषित गर्दै आएको छ। त्यसैगरी बाग्मती सफाइ अभियान प्रारम्भ भएदेखि नै नेपाल टेलिकम आफ्नो वार्षिकोत्सवको अवसरमा सफाइ अभियानमा संलग्न हुुनुका साथै सफाइका लागि विभिन्न सामग्रीहरु उपलब्ध गराई सहयोग गरिरहेको छ।

बाग्मती नदीको सफाइ, स्वच्छता र संरक्षण एवं बाग्मती सभ्यताको प्रवद्र्धनको लागि २०७० जेठ ५ गतेदेखि हरेक शनिबार यो अभियान सञ्चालन हु“दै आइरहेको छ र हिजो शनिबार १९४औं हप्ताको सफाइ अभियान हो।

प्रतिक्रिया दिनुहोस्