वायुसेवा निगमले नयाँ जहाज ल्याउने



काठमाडौं, (नेस)

नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको जहाज आज विहीबार आउने भएको छ। निगमले आज र पर्सी शनिबार गरी दुई ओटा जहाज ल्याउन लागेको हो।

चीन सरकारको ऋण सहुलियतमा एम ए ६० मर्डन आर्ट र वाइ १२ ई जहाज ल्याउन लागिएको हो। चिनिया पक्षले निगमसँग लिखित रूपमा प्रतिबद्धता जनाए अनुरूप दुईवटा जहाज आउन लागेको निगमका सह प्रवक्ता शैलेश कंसाकार जानकारी दिनुभयो।

उहाँले भन्नुभयो ‘लिखित प्रतिबद्धता अनुरूप कुनै खालको प्राविधिक कठिनाई नआए आज जहाज आउने छ।’एम ए ६० मर्डन आर्ट र वाइ १२ ई जहाज आउन लागेको हो। एम ए ६० जहाज बढी सीट क्षमताको हुन्।

यो तराई क्षेत्रको उडानका लागि प्रयोग गरिने छ। त्यसैगरी वाइ १२ ई कम सीट क्षमताको जहाज पहाडी क्षेत्रमा उडानका लागि निगमले प्रयोग गर्ने बताएको छ। अहिले आउने जहाज को भित्री सजावट राम्रो र आरामदायी सिटको व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्