काभ्रे।
बिपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका चार जनाको पहिचान खुलेको छ । पहिचान खुलेका मृतकमध्ये नेपाली सेनाका एक अमलदारसमेत रहेका छन्।
प्रहरीका अनुसार मृत्यु हुनेमा रोशी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ, रोशी गाउँपालिका–६ का ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, रोशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङ र दैलेखका ३० वर्षीय बमबहादुर भण्डारी रहेका छन्।
भण्डारी नेपाली सेनामा अमलदार पदमा कार्यरत रहेको जनाइएको छ।
शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा बस सडकबाट करिब ३०० मिटर तल खस्दा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। अन्य मृतकहरूको पहिचान गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया