भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक चयन


काठमाडौं।

भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा सम्पन्न भएको छ।

साधारण सभाले संस्थापक शेयरधनी समूहबाट माधवराज आचार्य, डा. हिमाल भट्टराई, राजेश्वर दुवाल, टंकप्रसाद सुवेदी तथा सन्तोष श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको छ। त्यसैगरी सर्वसाधारण शेयरधनी समूहबाट जेलिना श्रेष्ठ सञ्चालकमा निर्वाचित भएकी छन्।

यस्तै, साधारण सभाले रीता गौतमलाई स्वतन्त्र सञ्चालकमा मनोनयन गरेको कम्पनीले जनाएको छ।

सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण तथा भावी कार्ययोजनामाथि छलफल गरी आवश्यक प्रस्तावहरू पारित गरिएको थियो। साथै कम्पनीको भावी रणनीति, विकास योजना तथा लगानी विस्तारका विषयमा शेयरधनीहरूबीच अन्तरक्रिया समेत भएको थियो।

कम्पनीले नवनिर्वाचित सञ्चालकहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

भुजुङ्ग हाईड्रोपावर लिमिटेडले जलविद्युत् क्षेत्रको विकास तथा लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै आगामी योजनाहरू अघि बढाउने जनाएको छ।