काठमाडौं।
मेटा अन्तर्गत सञ्चालित फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा अचानक प्राविधिक समस्या देखिएपछि विश्वभरका लाखौँ प्रयोगकर्ता प्रभावित भएका छन्।
सेवामा आएको अवरोधका कारण फेसबुक तथा म्यासेन्जर प्रयोग गर्न खोज्ने धेरै प्रयोगकर्ताले विभिन्न समस्या भोगिरहेका छन्। एप तथा वेबसाइट खोल्दा ‘अप्रत्याशित त्रुटि देखियो’ वा ‘समस्या समाधान गर्ने प्रयास भइरहेको छ’ भन्ने सन्देश देखिएको प्रयोगकर्ताहरूले बताएका छन्।
फोटो तथा भिडियो साझेदारी प्लेटफर्म Instagram मा पनि यस्तै प्रकृतिको समस्या देखिएको छ। कतिपय प्रयोगकर्ताले सामग्री लोड नहुने, लगइनमा समस्या आउने तथा फिड अपडेट नहुने गुनासो गरेका छन्।
यद्यपि कम्पनीले हालसम्म समस्याको कारणबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन। प्रयोगकर्तालाई सेवा अवस्थाबारे जानकारी दिन छुट्टै स्टेटस पेज उपलब्ध नगराइएकाले समस्या कति व्यापक छ भन्नेबारे स्पष्ट विवरण प्राप्त गर्न कठिन भइरहेको छ।
प्राविधिक अवरोधको कारण र सेवा पूर्ण रूपमा कहिले सञ्चालनमा आउँछ भन्नेबारे कम्पनीको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ।











प्रतिक्रिया