काठमाडौं।
सिन्धु विकास बैंक लिमिटेड र शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहक (खातावालाहरू) लाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार बैंकका कर्मचारी तथा खातावालाहरूले अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट तथा सहुलियत प्राप्त गर्नेछन्। यस सहकार्यले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै कर्मचारी र ग्राहकहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास दुवै संस्थाले व्यक्त गरेका छन्।
सम्झौतापत्रमा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशकुमार केसी तथा शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालका प्रमुख प्रशासनिक अधिकृत सूर्यप्रभा शाक्यले हस्ताक्षर गर्नुभएको थियो।
सम्झौता कार्यक्रममा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रमोद न्यौपाने र मार्केटिङ विभागका भुवन निरौलाको उपस्थिति रहेको थियो। त्यसैगरी अस्पतालका तर्फबाट मानव संसाधन विभाग प्रमुख उमेश यमन थापा तथा प्रशासनिक कर्मचारी निशा गौतम सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले यस सहकार्यबाट बैंकका कर्मचारी तथा ग्राहकहरूले सहज, गुणस्तरीय र किफायती स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे। साथै सेवाग्राहीको हितलाई केन्द्रमा राख्दै आगामी दिनमा यस्ता सहकार्यलाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत जनाइएको छ।
सिन्धु विकास बैंकले ग्राहककेन्द्रित सेवा प्रवाह तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रसँग सहकार्य गर्दै आएको जनाएको छ। बैंकले उक्त सम्झौताले अस्पतालसँगको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेको छ।











प्रतिक्रिया