सुन र चाँदीको मूल्यमा ह्वात्तै वृद्धि, तोलामा हजारौंले बढ्यो


काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।

सोमबारको तुलनामा सुन प्रतितोला चार हजार चार सय रुपैयाँले वृद्धि भई आज तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार छ सय ९५ रुपैयाँ पुगेको छ, जुन तीन सय ५५ रुपैयाँको वृद्धि हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्दै प्रतिऔंस चार हजार सात सय ११ अमेरिकी डलर पुगेको महासंघले जनाएको छ।