प्रधानमन्त्रीको व्यवहारप्रति काँग्रेसको आपत्ति


काठमाडौ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस ले संसद्मा प्रधानमन्त्री बालेन्द्र साह को व्यवहारप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठकको बीचमै बाहिरिनु अमर्यादित र दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो ।

उहाँले यस्तो घटना विश्वकै संसदीय इतिहासमा दुर्लभ रहेको भन्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे संसद्लाई जानकारी गराउन माग गर्नुभयो ।

आङदेम्बेले प्रधानमन्त्रीको व्यवहारले संसदको गरिमा कमजोर बनेको दाबी गर्दै सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउनुभयो ।