पाँचौ गाेसाईकुण्ड गाउँपालिका अध्यक्ष कप जिल्ला स्तरिय पुरूष भलिबल प्रतियाेगिता हुने

846
Shares

रसुवा ।

रसुवाको धुन्चे मा बैसाख ३० देखि जेठ २ गते सम्म गाेसाईकुण्ड गाउँपालिका अध्यक्ष कप तथा खुल्ला जिल्ला स्तरिय पुरूष भलिबल प्रतियाेगिता का साथै विविध सांस्कृतिक कार्यक्रम हुने भएकाे छ ।

गाेसाईकुण्ड गाउँपालिका स्याफ्रुवेसि रसुवाको आयाेजनामा हुन लागेकाे भलिबल प्रतियोगिता मा प्रथम हुनेलाई २ लाख ५० हजार सहित ट्रफी प्रमाणपत्र,द्वितीय हुनेलाई २ लाख नगद सहित ट्रफि प्रमाणपत्र,तृतीय हुनेलाई १ लाख ५० हजार सहित ट्रफि प्रमाणपत्र पाउनेछन ।

र साथै विविध सांस्कृतिक कार्यक्रम समेत हुनेछ । जलविद्युत,पर्यटन रसुवागढि नाका,पुर्वाधार र शिक्षा सुसंस्कृत र समृद्ध गाेसाईकुण्ड लाङटाङ हाम्रो सदिच्छा भन्ने मुल नाराका साथ साे कार्यक्रम हुन लागेकाे हाे ।

जेठ २ गते समापनमा प्रशिद्व गायक सुगम पाेखरेलकाे सांङगितिक प्रस्तुति रहने छ ।र साथै स्थानीय गायक शिशिर थाेकरकाे समेत प्रस्तुत हुनेछ ।