काठमाडौं ।
काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रका सुकुम्बासी बस्ती हटाउनुको कारण अतिक्रमण नियन्त्रण र शहर सफाइ मात्र नभई फोहोर प्रशोधन केन्द्र निर्माण पनि रहेको दाबी गरिएको छ। काठमाडौ मेयर हुँदा शाह नेतृत्वको महानगरलाई थापाथली पुलमुनि फोहोर छान्ने तथा ट्रान्सफर सेन्टर निर्माण अघि बढाएको थियो।
स्थानीयवासीले प्रसुति अस्पताल नजिक फोहोर केन्द्र बनाउँदा दुर्गन्ध र स्वास्थ्य समस्या बढ्ने भन्दै विरोध जनाएका छन्। केही स्थानीय सर्वोच्च अदालतसम्म पुगेका छन् भने वडा तहबाट समेत असन्तुष्टि देखिएको छ। महानगरले भने त्यहाँ फोहोर वर्गीकरण र ट्रान्सफर गर्ने केन्द्र मात्र बन्न लागेको जनाएको छ।











प्रतिक्रिया