विदेश पठाइदिने भन्दै ३५ लाख ठगी गर्ने पक्राउ


काठमाडौ ।

काठमाडौँमा विदेश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ घर भई काठमाडौँ बस्दै आएका ४७ वर्षीय शैलेन्द्र पाण्डे रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पाण्डेले सर्विया र स्लोभाकिया लगायतका देशमा आकर्षक तलबको रोजगारीमा पठाइदिने प्रलोभन देखाएर १३ जनाबाट ३५ लाख ७० हजार रुपैयाँ उठाएका थिए । रकम लिएपछि उनी सम्पर्कविहीन बनेका थिए ।

प्रहरीले उनलाई सोमबार काठमाडौँको नागार्जुन नगरपालिका–९ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाएको जनाएको छ ।