काठमाडौँ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले १५ जना सदस्यहरूलाई कारबाही गरेको छ। आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी हित विपरित काम गरेको भन्दै १५ जना सदस्यको सदस्यता खारेजी गर्ने निर्णय गरेको हो।
यस्तै बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समितिपनि विघटन गरेको छ।
त्यस्तै पार्टी केन्द्रीय समितिको बैठक यही वैशाख ३० गते बोलाउने निर्णय पनि भएको छ।











प्रतिक्रिया