काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा संसदबाट बाहिरिएपछि राजनीतिक दल तथा नागरिक समाजबाट व्यापक आलोचना भएको छ।
प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद गुरु बराल ले प्रधानमन्त्रीको व्यवहार संसदीय मर्यादाविपरीत भएको भन्दै नियमापत्ति गर्नुभयो। उहाँले प्रधानमन्त्रीले राष्ट्रिय पोसाक नलगाएको, नीति तथा कार्यक्रम बहिष्कार गरेको तथा प्रस्तुतीका क्रममा संवाद र छलफल गरेको विषयमा पनि आपत्ति जनाउनुभयो।
यस्तै, नेपाली कांग्रेस ले प्रधानमन्त्रीको व्यवहारले संसदीय परम्परा र संवैधानिक गरिमामाथि आघात पुगेको टिप्पणी गरेको छ। अन्य दलका नेताहरू र नागरिक अगुवाहरूले पनि संसदमा देखिएको उक्त व्यवहारको आलोचना गरेका छन्।











प्रतिक्रिया