काठमाडौं ।
बालेन शाह ले हर्क साम्पाङलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत संयमता, सहकार्य र सभ्य संवादको आवश्यकता औंल्याएका छन्। उनले समाज परिवर्तन र जनचेतनाका लागि हर्क साम्पाङले गरेको संघर्षको प्रशंसा गर्दै देश निर्माणका लागि आपसी सम्मान र सकारात्मक सोच आवश्यक रहेको बताएका छन्।
बालेनले व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा माथि उठेर राष्ट्र र जनताको हितलाई केन्द्रमा राख्न आग्रह गरेका छन्। उनले असहमति भए पनि त्यसको समाधान सभ्य संवाद र विवेकपूर्ण बहसबाट खोजिनुपर्ने उल्लेख गरेका छन्। साथै, हर्क साम्पाङको ऊर्जा र समर्पण देश निर्माणमा अझ प्रभावकारी रूपमा प्रयोग होस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन्।












प्रतिक्रिया