काठमाडौँ ।
काठमाडौँमा सुकुमबासीमाथि राज्यले दमन गरेको आरोप लगाउँदै श्रम संस्कृति पार्टी ले विरोध प्रदर्शन गरेको छ। शनिबार पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।
‘यो देश गरिबहरूको पनि हो’ भन्ने नारासहित कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए। सरकारले केही दिनअघि बागमती नदी किनारलगायतका सुकुमबासी बस्तीमा डोजर चलाएपछि विरोध कार्यक्रम गरिएको पार्टीले जनाएको छ।











प्रतिक्रिया