काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माणमा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।
सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताको आवश्यकता र अपेक्षा समेट्ने उद्देश्यले सुरु गरिएको उक्त पोर्टलमार्फत देश–विदेशमा रहेका नेपाली, विज्ञ तथा नीतिनिर्माताले आफ्ना रायसुझाव सरकारसमक्ष सिधै पेस गर्न सक्नेछन् ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्राप्त सुझावलाई गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमा कार्यान्वयन गरिनेछ । पोर्टलमा सुझावको अवस्था ट्रयाक गर्न सकिने सुविधा समेत राखिएको छ ।











प्रतिक्रिया