काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिमसहित तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी, कोशी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। आइतबार र सोमबार पनि पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ।











प्रतिक्रिया