राष्ट्रियतामा सरकारलाई नेपाली कांग्रेसको साथ रहने : सभापति गगनकुमार थापा


सुदूरपश्चिम धनगढी ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय हित, सुशासन र अर्थतन्त्र सुधारका विषयमा वर्तमान सरकारलाई पार्टीको पूर्ण सहयोग रहने बताउनुभएको छ । धनगढीमा आयोजित प्रदेशस्तरीय भेलामा उहाँले लोकतन्त्रका आधारभूत मान्यताविरुद्धका काम भने स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

उहाँले नेता–कार्यकर्तालाई पराजित मानसिकता त्यागेर सङ्गठन सुदृढ बनाउन आग्रह गर्दै निर्वाचनमा असहयोग गर्नेहरूलाई केही समय जिम्मेवारीबाहिर राखिने बताउनुभयो । कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे तथा मुख्यमन्त्री कमलबहादुर शाहले पार्टी एकता र सुदृढीकरणमा जोड दिनुभएको थियो ।