एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकले २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ। सिंहदरबारमा शनिबार बसेको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका खेल्ने निर्णय गरेको हो।

बैठकले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अध्यादेशमार्फत शासन चलाउने प्रयास लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गरेको छ।

साथै, सुकुमवासी व्यवस्थापनका नाममा भएको ‘डोजर आतङ्क’ र मानव अधिकार उल्लङ्घनका विषयलाई संसद्मा सशक्त रूपमा उठाइने जनाएको छ। एमालेले वैशाख २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएको छ।