काठमाडौँ ।
ग्लोबल टेक कम्पनी याङ्गो ग्रुपअन्तर्गतको राइड हेलिङ सेवा ‘याङ्गो राइड’ले आफ्नो पार्टनर चालक सञ्जाल कार्यक्रम काठमाडौं बाहिर विस्तार गर्दै चितवन र आसपासका इच्छुक चालकहरूलाई ‘याङ्गो प्रो’मा जोडिन आमन्त्रण गरेको छ ।
कार्यक्रम चितवनका तीन स्थानमा आयोजना गरिएको थियो । कार्यक्रममा याङ्गो नेपालका प्रमुख व्यवस्थापक सन्तोष पाण्डेसहित मुख्य कार्यालय र स्थानीय टोलीका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा चालक दर्ता, अभिमुखीकरण सत्र, अन्तरक्रियात्मक खेल, उपहार वितरण, इन्धन कार्ड, ब्रान्डेड झोला, टोपी, प्रचार सामग्री तथा खानाका स्टलहरू राखिएका थिए ।
याङ्गो राइडले एपमार्फत चालक साझेदारहरूलाई आफ्नो समयअनुसार काम गर्न सकिने र मागका आधारमा महिनामा एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने जानकारी दिएको थियो ।
याङ्गो नेपालका प्रमुख सन्तोष पाण्डेले अवसर भूगोलले सीमित हुन नहुने बताउँदै चितवनका मेहनती चालकहरूलाई याङ्गो प्लेटफर्ममार्फत राम्रो आम्दानीको अवसरसँग जोड्न खोजिएको बताउनुभयो । उनले नेपालका जुनसुकै स्थानका इच्छुक व्यक्तिहरू काठमाडौं आएर पार्टनर कार्यालयमा सम्पर्क गर्न सक्ने उल्लेख गर्दै आगामी दिनमा देशका प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
काठमाडौं बाहिर आयोजना गरिएको यो कार्यक्रम नेपाली नागरिकलाई आफ्नो समयअनुसार काम गर्ने सुविधा, आत्मनिर्भरता र राम्रो आम्दानीको अवसर प्रदान गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको याङ्गोको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
याङ्गो ग्रुपले आवागमन सेवा, डेलिभरी सेवा, खाद्य प्रविधि सेवा तथा मनोरञ्जन सेवाजस्ता डिजिटल सेवा अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व र दक्षिण एसियासहित ३० भन्दा बढी देशमा सञ्चालन गर्दै आएको छ ।











प्रतिक्रिया