काठमाडौँ ।
काठमाडौंस्थित अनामनगर (सिंहदरबार पूर्वीगेट) मा संकल्प इन्भेस्टमेन्ट प्रा.लि.ले ‘एभरेस्ट कफी बिन्स’को पहिलो फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएको छ ।
आधुनिक लगानी सोच, गुणस्तरीय सेवा र व्यावसायिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सुरु गरिएको यो आउटलेट अब कफी संस्कृतिसँगै बौद्धिक तथा कर्पोरेट भेटघाटको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
कम्पनीका अध्यक्ष कृष्ण अर्यालले “हामी संख्या होइन, स्तर निर्माण गर्न आएका हौँ” भन्दै गुणस्तर र दीर्घकालीन विश्वासलाई प्राथमिकता दिने बताउनुभयो ।
संकल्प इन्भेस्टमेन्टले यो सहकार्यलाई नेपालमा व्यवस्थित र कर्पोरेट लगानी संस्कृतिको नयाँ सुरुवातका रूपमा लिएको छ ।











प्रतिक्रिया