सुकुमबासीमाथि बल प्रयोग स्वीकार्य छैन : हर्क साम्पाङ


काठमाडौँ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सुकुमबासी बस्ती हटाउने नाममा घर भत्काएर नागरिकलाई बेघर बनाउने कार्य स्वीकार्य नहुने बताएका छन् । शनिबार हेटौँडा–११ को सिमलटार र थानाभर्याङमा आयोजित कार्यक्रममा उनले संविधानले प्रत्येक नागरिकलाई आवास र बाँच्न पाउने अधिकार सुनिश्चित गरेको उल्लेख गरे ।

साम्पाङले राज्यले बल प्रयोग गरेर नागरिकलाई त्रसित बनाउने काम निरङ्कुश शैली भएको भन्दै सुकुमबासीको मुद्दा संसद् र सडक दुवैबाट उठाउने बताए । पछिल्लो समय सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियानका कारण स्थानीयहरू विस्थापनको त्रासमा रहेका छन् ।